लगानीकर्ताको आन्दोलनलार्ई काँग्रेसको साथ, सेयर बजारमा लागेको कम्युनिष्ट कर फिर्ता लिन दवाव

<p>काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले बोनस सेयर र हकप्रद सेयरको आधार मूल्यमा लाभकर लगाउने निर्णको विपक्षमा उभिएको छ । काँग्रेस प्रवत्ता विश्वप्रकाश शर्माले ट्विट गर्दै नाफा कमाउदा मात्र कर तिर्नुपर्नेमा नाफाघाटाको यकिन नभई कर तिर्नुपर्ने नीति गलत भएको टिप्पणी गरेका छन् । सेयर मार्केटमा कम्युनिस्ट कर लागु भएको उनको तर्क छ । “नाफा कमाउंदा [&hellip;]</p>

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले बोनस सेयर र हकप्रद सेयरको आधार मूल्यमा लाभकर लगाउने निर्णको विपक्षमा उभिएको छ । काँग्रेस प्रवत्ता विश्वप्रकाश शर्माले ट्विट गर्दै नाफा कमाउदा मात्र कर तिर्नुपर्नेमा नाफाघाटाको यकिन नभई कर तिर्नुपर्ने नीति गलत भएको टिप्पणी गरेका छन् । सेयर मार्केटमा कम्युनिस्ट कर लागु भएको उनको तर्क छ ।

“नाफा कमाउंदा कर तिर्नु पर्छ । तर नाफाघाटा टुंगो हुनु अघिनै कर तिर्नुपर्ने, सेयर मार्केटमा पसेको जनवादी बौद्धिकताको यो नितिले समृद्धिको यात्रालाई किमार्थ सघाउ पुर्याउदैन” उनले भने । बोनस सेयर र हकप्रद सेयरको आधार मूल्यमा लाभ कर लागेपछि सोको विरुद्धमा लगानीकर्ता आन्दोलित भएका छन् । लगानीकर्ताले सेयर कारोबार समेत बन्द गराएका छन् ।

Share News