काठमाडौं । साताको पहिलो दिनको सेयर बजार दोहोरो अंकले घटेको छ । कारोबार शुरु भएदेखि नै ओरालो लागेको सो दिनको बजार अन्ततः २५.४३ अंकले झरेर १२३१ अंकमा अडेको छ ।
नेप्से परिसूचक भारी अंकले घटेको बजारमा पनि सबैभन्दा बढी उन्नत्ति माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ९ प्रतिशत बढी कमाएका छन् । अघिल्लो कारोबारको तुलनामा उक्त कम्पनीका सेयरधनीले दिनभरमा ९.९४ प्रतिशत अर्थात १३८ रुपैयाँ बढी कमाएका छन् । आइतबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १५२६ रुपैयाँ रहेको छ । त्यस्तै, सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य ७.९० प्रतिशतले बढेको छ ।
दिनभर खुलेको बजारमा १६२ कम्पनीको ४४ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । सबैभन्दा बढी मेघा बैंकको ४ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।
आइतबार कारोबारमा आएका सबै सूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूह २१७ अंकले घटेको छ । त्यस्तै, अन्य र फाइनान्स समूह एकल अंकले घटेका छन् भने बाँकी समूह दोहोरो अंकले ओरालो लागेको छन् ।