नेप्सेमा सामान्य अंकको गिरावट

<p>काठमाडौं । मंगलबारको सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । दिनभरको बजारमा उतारचढाव देखिएको छ । कारोबार खुलेको केही समयसम्म ओरालो लागेको बजार करिब १ बजेदेखि उकालो लागेको थियो । त्यसपछि करिब पौने ३ बजे बढेर १२४४ अंकमा पुगेको परिसूचक पछि पुनः ओरालो लागेको छ । अन्ततः सेयर बजार सामान्य १.९३ अंकले घटेर १२३९ [&hellip;]</p>

काठमाडौं । मंगलबारको सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । दिनभरको बजारमा उतारचढाव देखिएको छ । कारोबार खुलेको केही समयसम्म ओरालो लागेको बजार करिब १ बजेदेखि उकालो लागेको थियो । त्यसपछि करिब पौने ३ बजे बढेर १२४४ अंकमा पुगेको परिसूचक पछि पुनः ओरालो लागेको छ । अन्ततः सेयर बजार सामान्य १.९३ अंकले घटेर १२३९ अंकमा झरेको छ ।

बजारमा परिसूचक सँगै सेयर कारोबारमा पनि गिरावट आएको छ । सो दिन १६० कम्पनीको २९ करोड ९० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो मध्ये सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २ करोड ३५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

मंगलबार बीमा, फाइनान्स र उत्पादनमूलक समूहबाहेक सबैसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी होटल समूह १४ अंकले घटेको छ ।

Share News