चार कम्पनीको २ करोड कित्ता सेयर नेप्सेमा सूचिकृत, सबैभन्दा बढी हकप्रद

<p>काठमाडौं । मंगलबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा विभिन्न ४ वटा बैंक तथा वित्तीय संस्थाको कुल २ करोड ३ लाख ९० हजार ५३ कित्ता सेयर सूचिकृत भएको छ । नेप्सेमा एकैदिन विभिन्न कम्पनीको हकप्रद र बोनस गरी सो मात्राको सेयर थपिएका हुन् । सो मध्ये प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद र बोनस गरी कुल एक करोड १७ [&hellip;]</p>

काठमाडौं । मंगलबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा विभिन्न ४ वटा बैंक तथा वित्तीय संस्थाको कुल २ करोड ३ लाख ९० हजार ५३ कित्ता सेयर सूचिकृत भएको छ । नेप्सेमा एकैदिन विभिन्न कम्पनीको हकप्रद र बोनस गरी सो मात्राको सेयर थपिएका हुन् ।

सो मध्ये प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद र बोनस गरी कुल एक करोड १७ लाख सेयर सूचिकृत भएको छ । कम्पनीको ९७ लाख ६३ हजार २०० कित्ता हकप्रद र १९ लाख ८३ हजार १५० कित्ता बोनस गरी सो मात्राको सेयर सूचिकृत भएको हो ।

त्यस्तै, सिद्धार्थ बैंकको ६८ लाख २६ हजार ११७ कित्ता र वेष्ट फाइनान्स कम्पनीको १६ लाख ५२ हजार कित्ता सेयर सूचिकृत भएका छन् । त्यसैगरी, मल्टीप्रपोज फाइनान्स कम्पनीको एक लाख ६४ हजार ७३६ कित्ता बोनस नेपाल स्टक एक्स्चेञ्जमा थपिएको छ ।

Share News