
काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको हो ।
कम्पनीले पहिलो चरणमा जलविद्युत आयोजना प्रभावित स्थानीयबासिन्दालाई १० प्रतिशत अर्थात ५ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न अनुमति पाएको हो ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा भिवोर क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीले ५ मेगावाटको घलेम्दीखोला आयोजना निर्माण गरिरहेको छ ।