काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा विभिन्न ७ कम्पनीको एक करोड ५५ लाख कित्ता सेयर सूचिकृत भएको छ । बिहीबार मात्रै ७ कम्पनीको बोनस र हकप्रद गरी सो मात्राको सेयर सूचिकृत भएको हो ।
सो मध्ये सबैभन्दा बढी हकप्रद सेयर सूचिकृत भएको छ । सो दिन ६ कम्पनीको एक करोड ५१ लाख कित्ता हकप्रद नेप्सेमा थपिएका छन् । त्यस्तै, एक कम्पनीको ३ लाख ९७ हजार ८०० कित्ता बोनस सेयर सूचिकृत भएको छ ।
सेयर सूचिकृत गर्ने मध्येमा ५ कम्पनी विकास बैंक रहेका छन् भने बाँकी २ बीमा कम्पनी रहेका छन् ।
सेयर सूचिकृत गर्ने ७ कम्पनी:
