काठमाडौं । प्रोगेसिभ फाइनान्स लिमिटेडले सेयरधनीको लागि २८१ प्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँको दरले ५९ लाख कित्ता सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ ।
कम्पनीले हालै धितोपत्र बोर्डमा निवेदन दिए अनुसार ५९ करोड रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्ने अनुमति पाएको हो । बोर्डको अनुमति पाए पश्चात फाइनान्सले सनराईज क्यापिटल लिमिटेड मार्फत सो मात्राको हकप्रद निष्कासन गर्ने छ ।
हाल कम्पनीको चुक्ता पुँजी २१ करोड रुपैयाँ रहेको छ । २८१ प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी ८० करोड रुपैयाँ नाघ्ने छ । पछिल्लो समय कम्पनीको सेयर मूल्य प्रतिकित्ता १५० रुपैयाँ रहेको छ ।