काठमाडौं । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको अध्यक्षमा अनिता ढुङ्गाना शाह नियुक्त भएकी छिन् । असार ९ गते बसेको सञ्चालक समितिको बैठकले ढुङ्गानालाई संस्थाको अध्यक्षको पदमा नियुक्त गरेको हो ।
साथै, बैठकले सञ्चालकमा चार जनालाई नियुक्त गरेको छ । संस्थाको सञ्चालकमा खड्गबहादुर राना, लोकनाथ नेपाल, मनोज उपाध्याय र तुलसीराम खनाल नियुक्त भएका छन् । संस्थाले आगामी साधारणसभासम्मका लागि तुलसीराम खनाललाई सञ्चालक पदमा नियुक्त गरेको हो ।