काठमाडौं । नेपाल धितोपत्र बोर्डले वीड इन्भेष्ट लिमिटेडको धितोपत्र व्यवसाय (मर्चेन्ट बैंकर) को अनुमति पत्र खारेज गरेको छ ।
बोर्डले आइतबार धितोपत्र व्यवसाय (मर्चेन्ट वैंकिङ्ग) अन्तर्गत लगानी व्यवस्थापकको कार्य गर्न ललितपुरको वीड इन्भेष्टलाई प्रदान गरेको उक्त अनुमतिपत्र खारेज गरेको हो ।
धितोपत्र सम्वन्धी ऐन, २०६३ को दफा ६१ व्यवस्था बमोजिम नवीकरण नगरेकोले उक्त इन्भेष्टकाे अनुमति पत्र खारेज गरिएको बोर्डद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।