नेप्से सामान्य अंकले उक्लियो, २० करोडको सेयर कारोबार

<p>काठमाडौं । आइतबारको नेप्से परिसूचक सामान्य अंकले उकालो लागेको छ । सो दिन कारोबार खुलेदेखि बजार बढ्दो क्रममा रहेको थियो । तर दिनभर बढीरहेको बजार करिब २ बजेपछि पुन ओरालो लागेको छ । अन्तत बजार बन्द हुँदा परिसूचक १.३५ अंकले बढेर १२१९ अंकमा पुगेको छ । बजारमा १६७ कम्पनीको २० करोड रुपैयाँ बराबरको सेयर कारोबार [&hellip;]</p>

काठमाडौं । आइतबारको नेप्से परिसूचक सामान्य अंकले उकालो लागेको छ । सो दिन कारोबार खुलेदेखि बजार बढ्दो क्रममा रहेको थियो । तर दिनभर बढीरहेको बजार करिब २ बजेपछि पुन ओरालो लागेको छ । अन्तत बजार बन्द हुँदा परिसूचक १.३५ अंकले बढेर १२१९ अंकमा पुगेको छ ।

बजारमा १६७ कम्पनीको २० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो मध्ये सबैभन्दा बढी नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको २ करोड रुपैयाँ बराबरको प्रमोटर सेयर बिक्री भएको छ । आइतबार यस कम्पनीको सेयर मूल्य ६९० रुपैयाँ रहेको छ ।

Share News