सेयर बजारमा गिरावट कायमै, उत्पादन र होटल बाहेक सबै समूह राताम्मे

<p>काठमाडौं । सेयर बजारमा गिरावट कायम रहेको छ । सोमबारको बजार खुलेदेखि बन्द हुँदासम्म निरन्तर ओरालो लागेको छ । सो दिन नेप्से परिसूचक र कारोबार रकम दुबैमा गिरावट आएको छ । आइतबार सामान्य अंकले घटेको बजार सोमबार करिब दोहोरो अंकले घटेको छ । बजारमा नेप्से परिसूचक ९.७२ अंकले झरेर १२१० अंकमा पुगेको छ । त्यस्तै, [&hellip;]</p>

काठमाडौं । सेयर बजारमा गिरावट कायम रहेको छ । सोमबारको बजार खुलेदेखि बन्द हुँदासम्म निरन्तर ओरालो लागेको छ । सो दिन नेप्से परिसूचक र कारोबार रकम दुबैमा गिरावट आएको छ ।

आइतबार सामान्य अंकले घटेको बजार सोमबार करिब दोहोरो अंकले घटेको छ । बजारमा नेप्से परिसूचक ९.७२ अंकले झरेर १२१० अंकमा पुगेको छ । त्यस्तै, आइतबार २० करोडको कारोबार भएको बजारमा सोमबार जम्मा १८ करोडको सेयर किनबेच भएको छ ।

कुल १५८ कम्पनीको सेयर किनबेच भएको बजारमा सबैभन्दा बढी समाता माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर कारोबार भएको छ । यस संस्थाको एकैदिन ८८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

त्यस्तै, बजारमा दुई समूह बाहेक बाँकी समूहको परिसूचक राताम्मे भएका छन् । उत्पादनमूलक १.६६ र होटल समूह २.२६ अंकले उकालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको सूचक ७९ अंकले राताम्मे भएको छ । त्यस्तै, अन्य र बैंकिङ् समूह सामान्य अंकले घटेका छन् भने बाँकी दोहोरो अंकले घटेका छन् ।

सोमबार खानीखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ५.४५ प्रतिशत कमाएका छन् । सबैभन्दा बढी जेबिल्स फाइनान्सका लगानीकर्ताले ७.४ प्रतिशत गुमाएका छन् ।

Share News