काठमाडौं । मंगलबारको सेयर बजार १२०० अंकबाट तल झरेको छ । सो दिनको नेप्से परिसूचक १५.२९ अंकले घटेर ११९४.८० अंकमा अडिएको छ ।
बजार खुलेदेखि ओरालो लागेको बजारमा कारोबार रकममा भने केही वृद्धि भएको छ । सोमबार १८ करोडको कारोबार भएको बजारमा आज भने २३ करोडको सेयर किनबेच भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा ५ करोड रुपैयाँ बढी हो ।
बजारमा कुल १६० कम्पनीको सेयर किनबेच भएको छ । सोमध्ये ९ कम्पनीका लगानीकर्ताले कमाएका छन् भने बाँकी १५१ कम्पनीकाले गुमाएका छन् । सबैभन्दा बढी आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य ४.७९ प्रतिशतले बढेको छ । त्यस्तै, सबैभन्दा बढी सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य ७.३७ प्रतिशतले घटेको छ ।
मंगलबार कारोबारमा आएका सबै समूह राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको सूचक ७८ अंकले घटेको छ ।
साे दिन कमाउने ९ कम्पनीः

मंगलबार काराेबारमा अाएका यी कम्पनीका बाहेक बाँकी १५१ कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।