काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले नवलपरासीको बर्दघाटमा नयाँ शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन प्रमुख अथिति बर्दघाट नगरपालिकाका मेयर धीरज शर्मा बस्याल तथा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

हाल बैंकले ५७ वटा शाखा कार्यालय तथा १८ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ । साथै, यसै आर्थिक वर्ष भित्र थप ३ वटा नयाँ शाखा तथा थप ४ स्थानमा एटीएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।
हालसम्म बैंकले १ लाख ५० हजारभन्दा बढि खाताबाट १६ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत १४ अर्ब ७१ करोड रुपैयाँ ऋण लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्ता पूँजी २ अर्व ५९ करोड रुपैयाँ कायम रहेको छ ।