सेयर बजारमा उतारचढाव, बुधबारको नेप्से सामान्य अंकले उकालो

<p>काठमाडौं । सेयर बजारमा तीव्र उतारचढाव आएको छ । मंगलबार दोहोरो अंकले ओरालो लागेको बजार बुधबार सामान्य अंकले उकालो लागेको छ । बुधबारको बजारमा उच्च उतारचढाव देखिएको छ । कारोबार खुलेदेखि सामान्य अंकले घटिरहेको बजार एक बजेपछि एक्कासी उकालो लागेर १२०० अंक नाघेको थियो । त्यसपछिको बजार पुनः घटेर ११९९ अंकमा झरेको छ । अन्ततः [&hellip;]</p>

काठमाडौं । सेयर बजारमा तीव्र उतारचढाव आएको छ । मंगलबार दोहोरो अंकले ओरालो लागेको बजार बुधबार सामान्य अंकले उकालो लागेको छ ।

बुधबारको बजारमा उच्च उतारचढाव देखिएको छ । कारोबार खुलेदेखि सामान्य अंकले घटिरहेको बजार एक बजेपछि एक्कासी उकालो लागेर १२०० अंक नाघेको थियो । त्यसपछिको बजार पुनः घटेर ११९९ अंकमा झरेको छ । अन्ततः बुधबारको बजार अघिल्लो दिनको तुलनामा ४.६२ अंकले उकालो लागेर ११९९ अंकमा पुगेको छ ।

बजारमा परिसूचकमा केही वृद्धि भएपनि सेयर कारोबारमा भने गिरावट आएको छ । बुधबार १७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनमा ६ करोड रुपैयाँ घटी हो । मंगलबारको बजारमा २३ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको थियो ।

बुधबार ३ समूह बाहेक बाँकी समूहको परिसूचक हरिया भएका छन् । सबैभन्दा बढी होटल समूह २० अंकले उकालो लागेको छ । त्यस्तै, विकास बैंक ११, बैंकिङ ५, अन्य र माइक्रोफाइनान्स ४/४ र फाइनान्स समूह ०.२१ अंकले बढेको छ । उता उत्पादनमूलक १९, बीमा ४.५८ र हाइड्रोपावर ४.४७ अंकले घटेको छ ।

नेको इन्स्योरेन्सको र मेगा बैंक नेपालको ९२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकको ५.३१ प्रतिशतले सेयर मूल्य बढेको छ ।

रैराङ् हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य ९.७६ प्रतिशतले घटेको छ । त्यस्तै, एनएलजी इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले अघिल्लो दिनको तुलनामा २.२४ प्रतिशत गुमाएका छन् ।

Share News