काठमाडौं । साताको पहिलो दिनको बजारमा नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । आइतबार कारोबार खुलेदेखि नै ओरालो लाग्न शुरु भएको बजार बन्द हुँदासम्म निरन्तर रुपमा ओरालो लागेको छ । समग्रमा नेप्से परिसूचक १४.०१ अंकले घटेर ११८४ अंकमा झरेको छ ।

बजारमा परिसूचक सँगै सेयर कारोबारमा पनि गिरावट भएको छ । कुल १५८ कम्पनीको ६ लाख १९ हजार कित्ता सेयर १९ करोड ७२ लाख रुपैयाँमा कारोबार भएको छ । जसमध्ये सबैभन्दा बढी नेपाल बैंकको ८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
आइतबार ९ समूहहरु कारोबारमा आएका छन् । कारोबारमा आएका सबै समूहको परिसूचकहरु राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूह ८९ अंकले झरेको छ । त्यस्तै, माइक्रोफाइनान्स, विकास बैंक, होटल र बैंकिङ्समूह दोहोरो अंकले घटेका छन् भने बाँकी समूह सामान्य अंकले घटेका छन् ।
सो दिन आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको सबैभन्दा बढी ५.८८ प्रतिशतले सेयर मूल्यमा वृद्धि भएको छ । उता तिनाउ डेभलपमेन्ट बैंकको सेयर मूल्य ५.५७ प्रतिशतले घटेको छ ।