काठमाडौं । नागवेली लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी साउन ४ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने भएको छ । संस्थाले चुक्तापुँजी बढाउन १ बराबर १ अनुपातमा(अर्थात १०० प्रतिशत) हकप्रद सेयर बिक्री गर्न लागेको हो ।
लघुवित्तले ७ करोड ६६ लाख ४६ हजार रुपैयाँ बराबरको ७ लाख ६६ हजार ४६३ कित्ता हकप्रद बिक्री प्रबन्धक एनएमबि क्यापिटल मार्फत निष्काशन गर्न लागेको हो । सो मात्राको हकप्रदको लागि इच्छुक सेयरधनीले भदाै ७ गतेसम्म आवेदन दिन पाउने छन् ।
हाल संस्थाको चुक्ता पुँजी ७ करोड ६६ लाख रुपैयाँ रहेको छ । सो मात्राको हकप्रद जारी पश्चात संस्थाको पुँजी १५ करोड ३२ लाख रुपैयाँ नाघ्ने छ ।