प्रोग्रेशिभ फाइनान्सको बुक क्लोज साउन २३ गते, २८१ प्रतिशत हकप्रद जारी गर्ने

<p>काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडको आगामी साउन २३ गते बुक क्लोज हुने भएको छ । फाइनान्सले २८१ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रयोजनको लागि उक्त दिन कम्पनीको बुक क्लोज गर्न लागेको हो । असार २२ गते बसेको फाइनान्सको संचालक समितिको बैठकले गत आवमा सम्पन्न विशेष साधारणसभाबाट पारित भए बमोजिमको सेयर निष्काशन गर्न लागेको बताएको छ [&hellip;]</p>

काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडको आगामी साउन २३ गते बुक क्लोज हुने भएको छ । फाइनान्सले २८१ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रयोजनको लागि उक्त दिन कम्पनीको बुक क्लोज गर्न लागेको हो ।

असार २२ गते बसेको फाइनान्सको संचालक समितिको बैठकले गत आवमा सम्पन्न विशेष साधारणसभाबाट पारित भए बमोजिमको सेयर निष्काशन गर्न लागेको बताएको छ ।

हाल संस्थाको चुक्ता पुँजी २१ करोड रुपैयाँ रहेको छ । २८१ प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी ८० करोड रुपैयाँ नाघ्ने छ ।

Share News