बजार १७ अंकले घट्दा एभरेष्ट इन्स्योरेन्सको सबैभन्दा बढी सेयर कारोबार

<p>काठमाडौं । नेपाल धितोपत्र बोर्डले पुँजीबजार नीति ल्याउने दिनको सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । बोर्डले आगामी आर्थिक बर्ष २०७५।७६ का लागि ल्याउन लागेको नीतिमा पुँजीबजारलाई लगानीको विश्वसनीय विकल्पका रुपमा स्थापित गराउने प्रतिवद्धता समेटिए पनि सेयर बजार बढ्न सकेन । सोमबारको बजारमा १७ दशमलब ९६ अंकको गिरावट आएको छ । सो दिनको नेप्से [&hellip;]</p>

काठमाडौं । नेपाल धितोपत्र बोर्डले पुँजीबजार नीति ल्याउने दिनको सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । बोर्डले आगामी आर्थिक बर्ष २०७५।७६ का लागि ल्याउन लागेको नीतिमा पुँजीबजारलाई लगानीको विश्वसनीय विकल्पका रुपमा स्थापित गराउने प्रतिवद्धता समेटिए पनि सेयर बजार बढ्न सकेन ।

सोमबारको बजारमा १७ दशमलब ९६ अंकको गिरावट आएको छ । सो दिनको नेप्से परिसूचक १.४७ प्रतिशतले घटेर १२०६ अंकमा झरेको छ । परिसूचकसँगै सेयर कारोबारमा पनि गिरावट आएको छ ।

कुल १६७ कारोबार भएको बजारमा ४१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन अघिल्लाे  दिनकाे तुलनामा ७ कराेड रूपैयाँ घटी हाे । अघिल्लाे दिनकाे बजारमा कूल ४८ कराेड रूपैयाँ बराबरकाे सेयर  काराेबार भएकाे थियाे ।

परिसूचक दोहोरो अंकले ओरालो लागेको दिन पनि एभरेष्ट इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन १४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको हो ।

सोमबार बीमा समूह उच्च अंक १३० ले ओरालो लागेको छ । त्यस्तै, उत्पादनमूलक र ट्रडिङ समूह बाहेक कारोबारमा आएका सबै समूहको सूचकहरु राताम्मे छन् ।

Share News