नेप्से ८ अंकले बढेर १२०० अंकमा, सबैभन्दा बढी सेञ्चुरी बैंकको प्रमोटर सेयर कारोबार

<p>काठमाडौं । आइतबारको नेप्से परिसूचक ८.११ अंकले उकालो लागेको छ । दिनभर सामान्य उतारचढाव आएको बजारमा परिसूचक ०.६८ प्रतिशतले बढेर १२०० अंकमा पुगेको छ । बजारमा कूल १९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १७० कम्पनीको ६ लाख ५१ हजार कित्ता सेयर किनबेच भएका छन् । सो मध्ये सबैभन्दा बढी सेञ्चुरी [&hellip;]</p>

काठमाडौं । आइतबारको नेप्से परिसूचक ८.११ अंकले उकालो लागेको छ । दिनभर सामान्य उतारचढाव आएको बजारमा परिसूचक ०.६८ प्रतिशतले बढेर १२०० अंकमा पुगेको छ ।

बजारमा कूल १९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १७० कम्पनीको ६ लाख ५१ हजार कित्ता सेयर किनबेच भएका छन् ।

सो मध्ये सबैभन्दा बढी सेञ्चुरी कमर्शियल बैंकको प्रमोटर सेयर किनबेच भएको छ । आइतबार यस बैंकको एक लाख २९ लाख रुपैयाँ बराबरको प्रमोटर सेयर किनबेच भएको छ । जसको बजार मूल्य प्रतिकित्ता १७३ रुपैयाँ रहेको छ ।

आइतबार फाइनान्स समूह बाहेक बाँकी समूहको परिसूचक सामान्य अंकले ओरालो लागेको छ । सबैभन्दा बढी बीमा ४३.४९ अंकले उकालो लागेको छ । त्यस्तै, होटल ४०.६६, होइड्रो १०.७८ र उत्पादनमूलक समूह ९.३८ अंकले उकालो लागेका छन् ।

Share News