
काठमाडौं । सर्वोच्च अदालतले नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदलाई तत्काल पदबाट नहटाउन सरकारलाई आदेश दिएको छ ।
न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले आइतबार साउदलाई पदबाट हटाउने निर्णय कार्यान्वयन नगराउन सरकारलाई आदेश दिएको हो ।
गैरकानूनी तरिकाले आफूलाई हटाइएको दाबी गर्दै साउदले गत बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए ।