वारेन बफेटले दान गरे ४ खर्ब रुपैंयाँ

<p>काठमाडौं । विश्व सेयर बजारका बादशाहका नामले चिनिएका अमेरिकी धनाढ्य वारेन बफेटले ४ खर्ब रुपैंयाँ दान गरेका छन् । विश्वका सर्वाधिक धनीहरुको सूचीमा तेश्रो नम्बरमा रहेका बफेटले वर्कसायर हाथवे कम्पनीको बार्षिक उपहार वापतको ३.४ बिलियन अमेरिकी डलर( ४ खर्ब भन्दा बढि नेपाली रुपैंया) दान गरेका हुन् । ८२ बिलियन अमेरिकी डलरका मालिक बफेटले हालसम्म ३१.५ [&hellip;]</p>

काठमाडौं । विश्व सेयर बजारका बादशाहका नामले चिनिएका अमेरिकी धनाढ्य वारेन बफेटले ४ खर्ब रुपैंयाँ दान गरेका छन् । विश्वका सर्वाधिक धनीहरुको सूचीमा तेश्रो नम्बरमा रहेका बफेटले वर्कसायर हाथवे कम्पनीको बार्षिक उपहार वापतको ३.४ बिलियन अमेरिकी डलर( ४ खर्ब भन्दा बढि नेपाली रुपैंया) दान गरेका हुन् ।

८२ बिलियन अमेरिकी डलरका मालिक बफेटले हालसम्म ३१.५ बिलियन अमेरिकी डलर दान गरिसकेका छन् । बफेटले बिल फाउण्डेसन, सुशन थम्पसन बफेट फाउण्डेसन, सेयर उड फाउण्डेसन, होवार्ड जी वफेट फाउण्डेसन, नोभो फाउण्डेसलाई सो रकम दान गरेका हुन् । बफेटले सन २००६ मै वर्कसायर हाथवेमा रहेको आफ्नो सबै सेयर दान गर्ने घोषणा गरेका थिए ।

Share News