सेयर बजार ५ अंकले घट्दा नबिल बैंकको सबैभन्दा बढी कारोबार

<p>काठमाडौं । बुधबारको सेयर बजार ५.५४ अंकले ओरालो लागेको छ । कारोबार खुलेको केही समयमा प्राविधिक समस्या आएर खुलेको बजार अन्तत ०.४६ प्रतिशतले घटेर ११९८ अंकमा झरेको छ । दिनभरको बजारमा कुल १३९ कम्पनीको १७ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो मध्ये सबैभन्दा बढी नबिल बैंकको २ करोड ५६ लाख [&hellip;]</p>

काठमाडौं । बुधबारको सेयर बजार ५.५४ अंकले ओरालो लागेको छ । कारोबार खुलेको केही समयमा प्राविधिक समस्या आएर खुलेको बजार अन्तत ०.४६ प्रतिशतले घटेर ११९८ अंकमा झरेको छ ।

दिनभरको बजारमा कुल १३९ कम्पनीको १७ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो मध्ये सबैभन्दा बढी नबिल बैंकको २ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बुधबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९०० रुपैयाँ रहेको छ ।

सो दिन फाइनान्स र होटल समूह बाहेक बाँकी समूह राताम्मे भएका छन् । फाइनान्स समूह ०.७६ अंकले बढेको छ भने होटल समूह स्थिर रहेको छ । सबैभन्दा बढी निर्जीवन बीमा समूहको सूचक ६१ अंकले ओरालो लागेको छ ।

बजारमा सबैभन्दा बढी नेशनल हाइड्रो पावर कम्पनीको सेयर मूल्य ४.७१ प्रतिशतले बढेको छ भने नयाँ नेपाल लघुवित्त विकास बैंकको सेयर मूल्य ६.६७ प्रतिशतले घटेको छ ।

Share News