काठमाडौं । साताको पहिलो दिनको सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । आइतबारकाे बजार कारोबार खुलेदेखि अन्त्य सम्म निरन्तर रुपमा ओरालो लागेकोे छ । सो दिनको नेप्से परिसूचक ११.७३ अंकले घटेर ११८१ अंकमा झरेको छ ।

बजारमा कुल १६३ कम्पनीको २१ करोड १२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन सबैभन्दा बढी नेपाल क्रेडिट एण्ड कमर्शियल बैंक(एनसीसी) बैंकको सेयर कारोबार भएको छ । यस कम्पनीको एक करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबार बैंकको सेयर मूल्य प्रतिकित्ता २३५ रुपैयाँ रहेको छ ।
सो दिन फाइनान्स बाहेक बाँकी समूह राताम्मे भएका छन् । फाइनान्स समूह २.९९ अंकले उकालो लागेको छ । सबैभन्दा बढी निर्जीवन लाइफ इन्स्यारेन्स समूहको सूचक ११० अंकले घटेको छ ।
सबैभन्दा बढी तिनाउँ डेभलपमेन्ट बैंकका लगानीकर्ताले ६.४७ प्रतिशत कमाएका छन् । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य ४.८३ प्रतिशतले घटेको छ ।