
एजेन्सी । भारतका सेयर लगानीकर्ता राकेश झुनझुनवालाले गत वर्ष मात्र सेयर कारोबारबाट ७० प्रतिशत कमाएका छन् । एस इन्भेष्टर्सका प्रमुख राकेश आफुले सन् २०१७ मा प्राप्त गरेको आम्दानी अप्रत्यशित भएको बताएका हुन् ।
उनले १०० भारु लगानी गरेर थप ७० भारु कमाएको फाइनान्सियल एक्सप्रेसले लेखेको छ । ७० प्रतिशत नाफा जीवनमा सधै नआउने राकेशले बताएका छन् ।
रोचक कुरा गत वर्ष सेयर बजार बढेपछि उनीलगायत अन्य ४ जना सेयर लगानीकर्ताले आम्दानी दोब्बर बढाएका छन् । राकेशको मनपर्ने स्क्रिप टिटानको मूल्य १६० प्रतिशतसम्म बढेको थियो । टिटान एक्लेले एस इन्भेष्टर्सलाई ३५ अर्ब भारु धनी बनाएको छ ।
अघिल्लो साता सेयर बजार बढेपछि रिलायन्स इण्डष्ट्रिजका प्रमुख मुकेश अम्बानीको सम्पत्ति बढेर ४४ अर्ब ३० करोड डलर पुगेको छ । मुकेश एसियाका सबैभन्दा धनी व्यक्ति भएका छन् ।