साउन २१ गते सिटी एक्सप्रेस फाइनान्सको बुक क्लोज, १६७ प्रतिशत हकप्रद जारी गर्दै

<p>काठमाडौं । आगामी साउन २१ गते सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडको बुक क्लोज हुने भएको छ । कम्पनीले हकप्रद सेयर जारी गर्नको लागि उक्त एकदिन फाइनान्सको बुक क्लोज गर्ने निर्णय गरेको हो । फाइनान्सले सेयरधनीहरुमा हालको चुक्ता पुँजीको १ः१.६७ अनुपात अर्थात १६७ प्रतिशत हकप्रद सेयर निष्कासन गर्दै छ । गत वैशाख ३१ गते सम्पन्न१२औँ साधारणसभाबाट [&hellip;]</p>

काठमाडौं । आगामी साउन २१ गते सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडको बुक क्लोज हुने भएको छ । कम्पनीले हकप्रद सेयर जारी गर्नको लागि उक्त एकदिन फाइनान्सको बुक क्लोज गर्ने निर्णय गरेको हो ।

फाइनान्सले सेयरधनीहरुमा हालको चुक्ता पुँजीको १ः१.६७ अनुपात अर्थात १६७ प्रतिशत हकप्रद सेयर निष्कासन गर्दै छ । गत वैशाख ३१ गते सम्पन्न१२औँ साधारणसभाबाट पारित भए बमोजिम कम्पनीले सो मात्राको सेयर जारी गर्न लागेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी १५ करोड रुपैयाँ रहेको छ । १६७ प्रतिशत हकप्रद पछि फाइनान्सको चुक्ता पुँजी ४९ करोड रुपैयाँ नाघ्ने छ । पछिल्लो समय कम्पनीको सेयर मूल्य प्रतिकित्ता १८६ रुपैयाँ रहेको छ ।

Share News