
काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) आज बिहीबारदेखि निष्कासन भएको छ ।
कम्पनीले पहिलो चरणमा आजदेखि आयोजना प्रभावित धादिङ जिल्लाका स्थानीयबासिन्दालाई १० प्रतिशत अर्थात ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
आईपीओ निष्कासन बन्द छिटोमा साउन ३१ गते र ढिलोमा भदौ १५ गतेसम्म तोकिएको निष्कासन तथा बिक्री प्रवन्धक सिभिल क्यापिटल मार्केट्स लिमिटेडले जनाएको छ । न्युनतम ५० देखि अधिकतम ४ हजार कित्तासम्म आवेदन दिन पाउने सिभिलले जनाएको छ ।कम्पनीले सिभिल क्यापिटलका अतिरित्त धादिङ जिल्लामा रहेका प्रभु बैंक, मुक्तिनाथ विकास बैंक र सिभिल बैंकको शाखामा आवेदन बुझाउने व्यवस्था गरेको छ ।
स्थानीयबासिन्दालाई बाँडफाँड गरेपछि सर्वसाधारणलाई १५ प्रतिशत अर्थात १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आईपीओ निष्कासन हुने छ । आईपीओ निष्कासनपछि चुत्तापुँजी बढेर ८० करोड रुपैयाँ पुग्ने छ । कम्पनीले धादिङ जिल्लामा ८.४ मेगावाटको आँखुखोला १ जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । यस्तै कम्पनीले २५ मेगावाटको सिंगटी जलविद्युत आयोजनामा समेत लगानी गरेको छ ।
२०७० भदौ ८ गतेदेखि कम्पनीले व्यवसायीक रुपमा बिजुली उत्पादन थालेको हो । आयोजना निर्माण गर्न २ अर्ब ४२ करोड ७३ लाख रुपैयाँ खर्च भएको छ । आयोजनाको लागत प्रतिमेगावाट २८ करोड ८९ करोड रुपैयाँ पुगेको छ । लगातको हिसावले यो सर्वा्धिक मंहगो आयोजना भएको छ । आयोजनाको साधारण लगानी फिर्ता हुने समय झण्डै ९ वर्ष रहेको छ । कम्पनीको क्रेडिट रेटिङ कमजोर रहेको छ । इक्रा नेपालले आईपीओ ग्रेड ५ निर्धारण गरेको छ ।