काठमाडौं । बिहीबार एनएमबी बैंक लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले १५ प्रतिशत बोनस पश्चात बैंकको सेयरको मूल्य समायोजन गरेको हो ।
समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता ३१७.३९ रुपैयाँ रहेको छ । जसको औसत आधार मूल्य प्रतिकित्ता ३९१.७ रुपैयाँ रहेको थियो ।