काठमाडौं । स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आ.ब. २०७४/७५ मा २ लाख ५५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यस वित्तीय संस्थाले स्थापनाको करीव १३ महिनामा नै संचालन मुनाफा आर्जन गर्न सफल भएको हाे ।
संस्थाले सो अवधिमा ४३ करोड १९ लाख लगानीमा रहेको कर्जा र ११ करोड ८३ लाख बचत संकलन गरेका छ । आ.व. २०७४।७५ सम्म यस कम्पनीको निष्क्रिय कर्जा शून्य रहेको छ । यस संस्थाले गत आवमा थप ४ वटा शाखा कार्यालय स्थापना गरी कुल १४ वटा शाखा कार्यालयबाट कारोबार शुरु गरेको छ ।
संस्थाले रुपन्देही जिल्लामा ८ वटा, नवलपरासी जिल्लामा ३ वटा, तथा कपिलवस्तु, पाल्पा र स्याङ्गजा जिल्लामा १/१ वटा गरी कुल १४ वटा शाखा कार्यालय मार्फत लघुवित्त कार्यक्रम संचालन गरेको छ । साथै, सोही शाखाबाट ग्रामिण विपन्न परिवारलाई लघुकर्जा, बचत, लघुबीमा र रेमिटान्स सेवा प्रदान गर्दै आइरहेको छ ।
संस्थाले चालू आव २०७५।०७६ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृती प्राप्त बाँकी ५ जिल्लाका कार्यक्षेत्रहरुमा कम्तीमा पनि ७ वटा शाखा विस्तार गर्ने तयारी गरिरहेको छ । साथै, यही वर्ष सर्वसाधारणमा साधारण सेयर(आईपीओ) जारी गर्ने प्रकृयामा रहेको संस्थाले जनाएको छ ।