काठमाडौं । नेपाल एग्रो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले धितोपत्र निश्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।
संस्थाले एक करोड ४४ लाख रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)का लागि आफ्नो बिक्री प्रबन्धकमा एसबिआई मर्चेण्टलाई नियुक्त गरेको हो ।
बिक्री प्रबन्ध नियुक्ती सम्बन्धी सम्झौता पत्रमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र नेपाल एग्रो माइक्रोफाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तेजेन्द्र शर्मा लम्सालले हस्ताक्षर गरेका छन् ।
संस्थाले अंकित मूल्य १०० रुपैयाँ दरका १ लाख ४४ हजार कित्ता साधारण सेयरको जारी गर्न लागेको हो ।