मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ब्लु क्रस अस्पतालमा १० प्रतिशत छुट

<p>काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकले ब्लु क्रस अस्पतालमा उपचार गराउँदा १० प्रतिशत छुट पाउने भएका छन् । आइतबार दुई संस्थाबीच भएको सम्झौता अनुसार बैंकका ग्राहकले अस्पतालको तोकिएका शुल्कमा विशेष छुट पाउने भएका हुन् । उक्त सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र ब्लु क्रस अस्पतालको तर्फबाट सदस्य सचिव [&hellip;]</p>

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकले ब्लु क्रस अस्पतालमा उपचार गराउँदा १० प्रतिशत छुट पाउने भएका छन् । आइतबार दुई संस्थाबीच भएको सम्झौता अनुसार बैंकका ग्राहकले अस्पतालको तोकिएका शुल्कमा विशेष छुट पाउने भएका हुन् ।

उक्त सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र ब्लु क्रस अस्पतालको तर्फबाट सदस्य सचिव रजत श्रेष्ठले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहकग्राहकहरूले ब्लु क्रस अस्पताल त्रिपुरेश्वरमा उपचार गराउँदा तोकिएका सेवा शुल्कमा १० प्रतिशत छुट पाउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

हाल मुक्तिनाथ विकास बैंकले ९५वटा शाखा र १७ वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share News