नेप्से दोहोरो अंकले उकालो, सबैभन्दा बढी नेपाल लाइफ इन्स्यारेन्सको सेयर कारोबार

<p>काठमाडौं । सेयर बजारमा उतारचढाव देखिएको छ । आइतबार दोहोरो अंकले ओरालो लागेको बजार सोमबार दोहोरो अंकले बढेको छ । कारोबार खुलेदेखि बढ्ने क्रममा रहेको सोमबारको बजार अन्ततः बजार बन्द हुँदा नेप्से १०.४३ अंकले उकालो लागेर ११७४ अंकमा पुगेको छ । अघिल्लो दिनको तुलनामा ०.९० प्रतिशतको वृद्धि भएको छ । दिनभरको कारोबारमा १५७ कम्पनीको १६ [&hellip;]</p>

काठमाडौं । सेयर बजारमा उतारचढाव देखिएको छ । आइतबार दोहोरो अंकले ओरालो लागेको बजार सोमबार दोहोरो अंकले बढेको छ । कारोबार खुलेदेखि बढ्ने क्रममा रहेको सोमबारको बजार अन्ततः बजार बन्द हुँदा नेप्से १०.४३ अंकले उकालो लागेर ११७४ अंकमा पुगेको छ । अघिल्लो दिनको तुलनामा ०.९० प्रतिशतको वृद्धि भएको छ ।

दिनभरको कारोबारमा १५७ कम्पनीको १६ करोड ९६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीको एकैदिन १ करोड २० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । जसको सेयर मूल्य प्रतिकित्ता ९४७ रुपैयाँ रहेको छ । त्यसैगरी एभरेष्ट बैंकको ६५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

बजारमा कुल १० समूह कारोबारमा आएका छन् । जसमध्ये सबैभन्दा बढी लाइफ इन्स्योरेन्स(जिवन बीमा) समूह ११० अंकले उकालो लागेको छ । त्यस्तै, निर्जीवन बीमा समूह ७५ अंकले हरियो भएको छ । सो दिन होटल समूह बाहेक बाँकी समूहका सूचक हरिया भएका छन् ।

त्यसैगरी, दोहोरो अंकले बढेको बजारमा आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ९.०४ प्रतिशत कमाएका छन् । उता सर्पोट माइक्रोफाइनान्सको सेयर मूल्य ९.९१ प्रतिशतले घटेको छ ।

Share News