जनसेवी लघुवित्तको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल, ४ करोडको आईपीओ ल्याउँदै

<p>काठमाडौं । जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । संस्थाले सर्वसाधारणको लागि छुट्याएको ४ लाख २० हजार कित्ता साधारण सेयर सार्वजनिक निष्काशन(आईपीओ) गर्नको लागि उक्त क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । उक्त नियुक्ति सम्बन्धी सम्झौतामा जनसेवी लघुवित्तकातर्फबाट प्रमुखकार्यकारी अधिकृत कमलबहादुर खत्री तथा निष्काशन [&hellip;]</p>


काठमाडौं । जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । संस्थाले सर्वसाधारणको लागि छुट्याएको ४ लाख २० हजार कित्ता साधारण सेयर सार्वजनिक निष्काशन(आईपीओ) गर्नको लागि उक्त क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

उक्त नियुक्ति सम्बन्धी सम्झौतामा जनसेवी लघुवित्तकातर्फबाट प्रमुखकार्यकारी अधिकृत कमलबहादुर खत्री तथा निष्काशन तथा एनएमबि क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले हस्ताक्षर गरेका छन् ।

हाल संस्थाको अधिकृत पूँजी ३० करोड रुपैयाँ र जारी पूँजी १४ करोड रुपैयाँ रहेको छ । संस्थापकबाट ९ करोड ८० लाख चुक्ता भईसकेको छ भने सर्वसाधारणलाई ४ करोड २० लाख रुपैयाँको सेयर निष्काशन पश्चात संस्थाको चुक्ता पूँजी १४ करोड रुपैयाँ पुग्ने छ ।

Share News