काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले आफ्ना सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, फाइनान्सले ८.६८७ प्रतिशत अर्थात ७ करोड ९ लाख ५२८ रुपैयाँ) नगद लाभांश दिने प्रस्ताव राखेको छ ।
हालै बसेको कम्पनी सञ्चालक समितिको बैठकले सो मात्राको लाभांश दिने पस्ताव गरेको हो । समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा फाइनान्सको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ ।
हाल फाइनान्सको चुक्ता पुँजी ८१ करोड ६४ लाख रुपैयाँ रहेको छ । सो मात्रा(अर्थात ४ करोड ८ लाख रुपैयाँ बराबर) को बोनस पछि संस्थाको चुक्ता पुँजी ८५ करोड ७२ लाख रुपैयाँ नाघ्ने छ ।