सेयर बजार १४ अंकले ओरालो, सबै समूह राताम्मे

<p>काठमाडौं । आइतबारको सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । कारोबार शुरु भएदेखि नै निरन्तर घट्ने ट्रेण्डमा रहेको सो दिनको नेप्से अन्ततः १४.०३ अंकले घटेर ११९६.२९ अंकमा झरेको छ । बजारमा कुल १६० कम्पनीको ३२ करोड ५२ लाख रपैयाँको सेयर कारोबार भएको छ । सो मध्ये सबैभन्दा बढी ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको सेयर [&hellip;]</p>

काठमाडौं । आइतबारको सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । कारोबार शुरु भएदेखि नै निरन्तर घट्ने ट्रेण्डमा रहेको सो दिनको नेप्से अन्ततः १४.०३ अंकले घटेर ११९६.२९ अंकमा झरेको छ ।

बजारमा कुल १६० कम्पनीको ३२ करोड ५२ लाख रपैयाँको सेयर कारोबार भएको छ । सो मध्ये सबैभन्दा बढी ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको सेयर किनबेच भएको छ । संस्थाको दिनभर ३ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ, जसको सेयर मूल्य प्रतिकित्ता ५८३ रुपैयाँ रहेको छ । त्यसैगरी, ओम डेभलपमेन्टको २ करोड, नबिल बैंकको प्रमोटरका साथै साधारण सेयर र नेपाल इन्भेष्टमेन्ट बैकको एक करोड रुपैयाँ भन्दा बढीको प्रमोटर सेयर कारोबार भएको छ ।

बजारमा कारोबारमा आएका सबैसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूहको परिसूचक १०३ अंकले घटेको छ । त्यस्तै, फाइनान्स र अन्य समूह ५ अंकले घटेका छन् भने बाँकी समूह दोहोरो अंकले ओरालो लागेका छन् ।

Share News