काठमाडौं । लुम्बिनी विकास बैंक र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले आ-आफ्नो कम्पनीको बुक क्लोजको मिति तोकेका छन् । यी दुबै संस्थाले आइतबार(आज) नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचना जारी गर्दै साधारणसभामा जाने प्रयोजनको लागि बुक क्लोजको मिति तय भएको जानकारी दिएका हुन् ।
सो प्रयोजनको लागि लुम्बिनी विकास बैंकले आगामी भदौ १७ गतेदेखि ३१ गतेसम्म बुक क्लोज गर्दै छ । कम्पनीको आगामी १०औँ वार्षिक साधारणसभा भदौ ३१ गते बस्दै छ ।
त्यस्तै, ग्रामीण विकास लघुवित्त पनि आगमी असोज ६ गते संस्थाको वार्षिक साधारणसभामा जाँदै छ । सो प्रयोजनको लागि भदौ १८ गतेदेखि असोज ६ गतेसम्म संस्थाको बुक क्लोज हुने भएको छ ।