काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत(१ः१ अनुपातमा) हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव राखेको छ । उक्त प्रस्ताव हालै सम्पन्न संस्थाको सञ्चालक समितिको बैठकले गरेको हो ।
बैठकको सो प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा संस्थाको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ ।
हाल संस्थाको चुक्ता पुँजी १६ करोड रुपैयाँ रहेको छ । १०० प्रतिशत हकप्रद जारी पश्चात लघुवित्तको चुक्ता पुँजी ३२ करोड रुपैयाँ पुग्ने छ ।