काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको १६ लाख कित्ता साधारण सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । नेप्सेले बिहीबार मात्रै संस्थाको सो मात्राको सेयर सूचिकृत गरेको हो ।
धादिङको गजुरीमा केन्द्रिय कार्यालय रहेको यस संस्थाको चुक्ता पुँजी १६ करोड रुपैयाँ रहेको छ । संस्थाको पुँजी वृद्धि गर्न १०० प्रतिशत हकप्रद जारी गर्दै छ । सो मात्राको हकप्रद पछि लघुवित्तको चुक्ता पुँजी ३२ करोड रुपैयाँ पुग्ने छ ।