विभिन्न ३ कम्पनीको एक करोड २० लाख कित्ता सेयर सूचिकृत

<p>काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा विभिन्न तीन कम्पनीको एक करोड २० लाख ५० हजार ८५४ कित्ता सेयर सूचिकृत भएको छ । बिहीबार एकैदिन दुई कम्पनीको बोनस र एक कम्पनीको हकप्रद गरी सो मात्राको सेयर नेप्सेमा थपिएको हो । सो दिन मेघा बैंक नेपाल र नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकको बोनस सेयर थपिएको छ । मेघा बैंकको [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा विभिन्न तीन कम्पनीको एक करोड २० लाख ५० हजार ८५४ कित्ता सेयर सूचिकृत भएको छ । बिहीबार एकैदिन दुई कम्पनीको बोनस र एक कम्पनीको हकप्रद गरी सो मात्राको सेयर नेप्सेमा थपिएको हो ।

सो दिन मेघा बैंक नेपाल र नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकको बोनस सेयर थपिएको छ । मेघा बैंकको ९९ लाख ८६ हजार ९५१ कित्ता र नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकको ४ लाख १७ हजार ४६१ कित्ता बोनस सेयर नेप्सेमा थपिएका छन् ।

त्यसैगरी, लुम्बिनी विकास बैंकको १६ लाख ४६ हजार ४४२ कित्ता हकप्रद सेयर स्टक एक्सेञ्जमा सूचिकृत भएको छ ।

Share News