लगानीको जोखिम विश्लेषण गर्ने सफ्टवेर सार्वजनिक, सेयर लगानीकर्ताको विश्वास पनि नाप्न मिल्ने

<p>काठमाडौं । सेयर संसार डटकमले &#8220;एस्एस्प्रो&#8221; सफ्टवेयर सार्वजनिक गरेको छ । एस्एस्प्रो सफ्टवेयरमा नेपालमै पहिलो पटक लगानी क्याल्कुलेटर र मार्केटमा लगानीकर्ताको विश्वास नाप्ने मिटर पनि रहेको छ । लगानी गर्नका लागि आवश्यक हुने कम्पनीहरुको आर्थिक विवरणहरू, लाइभचार्ट सफ्टवेयर, वाच लीस्ट, पोर्ट्फोलियो जस्ता विशेषताहरु यसमा रहेको कम्पनीले जनाएको छ । कम्पनीहरुले सार्वजनिक गर्ने वित्तीय विवरणहरुको विश्लेषण [&hellip;]</p>

काठमाडौं । सेयर संसार डटकमले “एस्एस्प्रो” सफ्टवेयर सार्वजनिक गरेको छ । एस्एस्प्रो सफ्टवेयरमा नेपालमै पहिलो पटक लगानी क्याल्कुलेटर र मार्केटमा लगानीकर्ताको विश्वास नाप्ने मिटर पनि रहेको छ ।

लगानी गर्नका लागि आवश्यक हुने कम्पनीहरुको आर्थिक विवरणहरू, लाइभचार्ट सफ्टवेयर, वाच लीस्ट, पोर्ट्फोलियो जस्ता विशेषताहरु यसमा रहेको कम्पनीले जनाएको छ । कम्पनीहरुले सार्वजनिक गर्ने वित्तीय विवरणहरुको विश्लेषण गरी दैनिक उतारचढाव हुने बजारमा कसरी जोखिम कम गर्न सकिन्छ, त्यसका लागि एस्एस्प्रोमा थुप्रै सुविधाहरू छन् ।

उक्त सफ्टवेर सार्वजनिक गर्दै कम्पनीका प्रबन्ध निर्देशक सन्दीपबिक्रम राणाले भने, “कम्पनीहरुले प्रकाशित नगर्ने तर लगानीको लागि महत्वपूर्ण हुने दर्जनभन्दा बढी वित्तीय अनुपातहरु, बजारको गहिरोसँग विश्लेषण गर्ने उपकरणहरू, सामुहिक लगानीकोषहरूको खरिद/बिक्रीको विश्लेषण, ब्रोकरहरुको कारोबारको निरीक्षण, र कुन महिना कुन कम्पनी खरिद गर्दा जोखिम कम हुन्छ भनी देखाउने उपकरणहरु एस्एस्प्रोमा छन् ।”

सेयर लगानीकर्ताहरुले आफ्नै विवेक प्रयोग गरी, बजारमा फैलाइएका हल्लाहरुमा नपरी राम्रो लगानीको योजना आफैँ बनाउन चाहिने सुविधाहरु सबै एस्एस्प्रोमा रहेको छ ।

बजारलाई तलमाथि गर्न सक्ने विभिन्न तत्वहरूमा नियमित निरीक्षण गर्न नसक्ने लगानीकर्ताहरुको लागि पनि एस्एस्प्रोले नेपालमै पहिलो पटक बजारको विश्वास मापन गर्ने “मार्केट कन्फिडेन्स मिटर” ल्याएको छ । अहिलेको बजारप्रति लगानीकर्ताहरूको विश्वाश कति छ भनी कन्फिडेन्स मिटरले ० देखि १०० सम्मको सीमामा देखाउँछ ।

आफ्नो लगानीको अहिलेको मूल्य कति, अहिलेसम्म कति घाटा कति नाफा भयो, कति लाभांश आर्जन गरियो लगायतका विवरणहरुको लागि एस्एस्प्रोमा नै पोर्टफोलियो सफ्टवेयर पनि रहेको छ । यसमा आफ्नो लगानीका साथै आफ्नै घर-परिवारका अन्य सदस्यहरुको पनि सेयरमा गरिएका लगानीहरूकोे विवरण राख्न सकिन्छ । यतिमात्र नभई आफुसँग रहेको कम्पनीहरूको बजारमा अस्वभाविक रूपमा उतार–चढाव भएमा सोको जानकारी पनि एस्एस्प्रोले दिन्छ ।

एस्एस्प्रो सफ्टवेयर प्रयोग गर्न  https://pro.sharesansar.com मा गएर १ वर्षको सदस्यता लिन सकिन्छ । साथै, उक्त सफ्टवेर जुनसुकै कम्प्युटर, ल्यापटप वा स्मार्टफोनबाट पनि प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

Share News