काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको आगामी भदौ २२ गतेदेखि बुक क्लोज हुने भएको छ । कम्पनीको हालै बसेको सञ्चालक समितिको बैठकले सो दिनदेखि असोज ८ गतेसम्म बैंकको बुक क्लोज गर्न लागेको हो ।
कम्पनीले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि १८ दिन सेयर कारोबार बन्द गर्दै छ । बैंक आगामी असोज ८ गते कम्पनीको पाँचौँ वार्षिक साधारणसभामा जाँदै छ ।