शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले १८ प्रतिशत बोनस दिने, पुँजी एक अर्ब ६२ करोड नाघ्ने

<p>काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले १८ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, बैंकले कर प्रयोजनको लागि ०.९५ प्रतिशत अर्थात एक करोड ३० लाख रुपैयाँ बराबरको नगद लाभांश पनि दिने प्रस्ताव गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७४/०७५ को उक्त लाभांश दिन लागेकाे हाे । हाल बैंकको चुक्ता पुँजी एक अर्ब ३७ [&hellip;]</p>

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले १८ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, बैंकले कर प्रयोजनको लागि ०.९५ प्रतिशत अर्थात एक करोड ३० लाख रुपैयाँ बराबरको नगद लाभांश पनि दिने प्रस्ताव गरेको छ ।

बैंकले गत आर्थिक वर्ष २०७४/०७५ को उक्त लाभांश दिन लागेकाे हाे । हाल बैंकको चुक्ता पुँजी एक अर्ब ३७ करोड ८६ लाख रुपैयाँ रहेको छ । १८ प्रतिशत अर्थात २४ करोड ८१ लाख ५० हजार रुपैयाँ बोनस पश्चात कम्पनीको चुक्ता पुँजी एक अर्ब ६२ करोड ६७ लाख रुपैयाँ पुग्ने छ ।

उक्त प्रस्ताव बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैंठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत गरी बैंकको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ ।

हाल बैंककाे सेयर प्रति कित्ता २७० रूपैयाँमा काराेबार भइरहेकाे छ । माेफसलमा रहेका विकास बैंकहरू मध्ये शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक धेरै राम्राे बैंक मानिन्छ ।

Share News