काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको आगामी भदौ २५ गते बुक क्लोज हुने भएको छ । संस्थाले हकप्रद सेयर जारी गर्नको लागि उक्त दिन कम्पनीको बुक क्लोज गर्न लागेको हो ।
यस संस्थाले सेयरधनीहरुलाई १ बराबर १ को अनुपातमा (१०० प्रतिशत) हकप्रद निष्काशन गर्दै छ ।
हाल संस्थाको चुक्ता पुँजी ११ करोड ५० लाख रुपैयाँ रहेको छ । १०० प्रतिशत हकप्रद पछि लघुवित्तको चुक्ता पुँजी २३ करोड रुपैयाँ पुग्ने छ ।