
काठमाडौं । निर्माणधिन माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको साधारण सेयर (आईपीओ) भर्ने म्याद ७ दिन थप भएको छ ।
नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएकाले आईपीओको आवेदन दिने म्याद एक साता थप भएको अपरतामाकोसी हाइड्रोपावर लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) विज्ञान श्रेष्ठले बताए । उनका अनुसार आयोजना प्रभावित स्थानीयबासिन्दाले भदौ २१ गतेसम्म आवेदन दिन सक्ने छन् ।
साउन १६ देखि भदौ १४ गतेसम्म खुला गरिएकोमा अत्याधिक चापका कारण स्थानीयवासिन्दा र जिल्ला समन्वय समितिको अनुरोधमा म्याद थप भएको श्रेष्ठले जानकारी दिए ।
आयोजना प्रभावित स्थानीयबासिन्दालाई १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको १ करोड ५ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गरेको हो । यस्तै सर्वसाधारणका लागि १५ प्रतिशत अर्थात १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ८५ हजार कित्ता आईपीओ निष्कासन हुदैछ ।