
काठमाडौं । तपाई बैंकको ब्याजदर महंगो भएर घर किन्न वा नयाँ बनाउन सक्नु भएको छैन ? सस्तो ब्याजमा कर्जा खोजिरहनु भएको छ ?
अब चिन्ता नलिनुस प्रभु बैंकले सस्तो ब्याजमा नयाँ आवास योजना ल्याएको छ ।
सजिलो प्रकृया र सरल ब्याजदरमा घर बनाउन कर्जा पाइने बैंकले जानकारी दिएको छ । बैंकले २५ वर्षसम्मका लागि ११ प्रतिशत ब्याजमा घरकर्जा (होमलोन) योजना ल्याएको छ ।
५ दिनभित्र कर्जा दिने बैंकले जनाएको छ । बैंकले निर्माण लागतको १०० प्रतिशतसम्म कर्जा दिने छ ।