विकास बैंक र वित्त कम्पनीको पनि जोखिममा आधारित सुपरिवेक्षण गर्दै राष्ट्र बैंक

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले विकास बैंक र वित्त कम्पनीहरुको पनि जोखिममा आधारित सुपरिवेक्षण सुरु गरेको छ । २ बर्षदेखि बाणिज्य बैंकहरुको जोखिममा आधारित सुपरिवेक्षण गर्दै आएको राष्ट्र बैंकले यसपाली विकास बैंक र वित्त कम्पनीलाई समेट्न लागेको गभर्नर डा. चिरञ्जीवी नेपालले बताए । ‘विकास बैंक र वित्त कम्पनीहरुको वित्तीय अनुशासन र संस्थागत सुशासन अभिवृद्धिका लागि [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले विकास बैंक र वित्त कम्पनीहरुको पनि जोखिममा आधारित सुपरिवेक्षण सुरु गरेको छ । २ बर्षदेखि बाणिज्य बैंकहरुको जोखिममा आधारित सुपरिवेक्षण गर्दै आएको राष्ट्र बैंकले यसपाली विकास बैंक र वित्त कम्पनीलाई समेट्न लागेको गभर्नर डा. चिरञ्जीवी नेपालले बताए ।

‘विकास बैंक र वित्त कम्पनीहरुको वित्तीय अनुशासन र संस्थागत सुशासन अभिवृद्धिका लागि यस बर्षदेखि जोखिममा आधारित सुपरिवेक्षण आरम्भ गर्दैछौं’,  गभर्नर नेपालले भने ।

केन्द्रिय बैंकले गत आर्थिकमा पनि केहि विकास बैंक र वित्त कम्पनीको जोखिममा आधारित सुपरिवेक्षण गरेको थियो । ‘गत बर्ष केहि विकास बैंकको जोखिममा आधारित सुपरिवेक्षण गरेका थियौं, यसपाली सबैको गर्छाै, साथै केहि वित्त कम्पनीहरुको पनि सुपरिवेक्षण हुनेछ’, राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले विकासन्युजसँग भने ।

बैंकले नेपाल राष्ट्र बैंक निरीक्षण तथा सुपरिवेक्षण विनियमावली, २०७४ अनुसार स्थलगत अनुगमन गर्दै आएको छ । सो नियमावली अनुसार केन्द्रिय बैंकले सुपरिवेक्षण गर्ने सूचना सम्बन्धित बैंक तथा वित्तिय संस्थाहरुलाई १५ दिन अगावै उपलब्ध गराउनुपर्नेछ ।
हाल ३३ वटा विकास र २५ वटा फाइनान्स कम्पनी सञ्चालनमा रहेका छन् ।

गुडविल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तथा वित्त कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधरले पनि चालु आवमा वित्त कम्पनीहरुको समेत जोखिममा आधारित सुपरिवेक्षण आरम्भ हुने सूचना प्राप्त भएको जानकारी दिए । ‘यसपाली वित्त कम्पनीहरुको पनि जोखिममा आधारित सुपरिवेक्षण हुने अनौपचारिक खबर आएको छ, यसले कम्पनीहरुको संस्थागत सुशासन र वित्तिय जोखिम न्युन गर्न मदत गर्छ’, तुलाधरले भने ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुको समग्र जोखिम मूल्यांकन तथा संस्थागत सुशासनका लागि २ बर्ष अघिदेखि जोखिममा आधारित सुपरिवेक्षण गर्दै आएको छ । केन्द्रिय बैंकले बैंक तथा वित्तीय संस्थाहरुको कार्यालयमै पुगेर आवश्यक कागजात तथा अपरेशन प्रणालीको सुक्ष्म अध्ययन गर्दै आएको छ ।

Share News