
काठमाडौं । कावेली विकास बैंकले लगानीकर्तालाई ३५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ ।
बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले ७ करोड ३७ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरणको प्रस्ताव गरेको बैंकले जनाएको छ । नियामक नेपाल राष्ट्र बैंकको स्वीकृति र वार्षिक साधारणसभाबाट पारित भएपछि बोनस सेयर वितरण गरिने बैंकले जनाएको छ ।