नेपाल बैंक साढे २ अर्बको सेयर बेच्दै, कुन–कुन कम्पनीका सेयर बिक्री गर्न सक्छ ?

<p>१४ असार । नेपाल बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको विभिन्न कम्पनीको सेयर विक्री गर्ने तयारी थालेको छ । बैंकले साढे २ अर्ब रुपैयाँभन्दा बढीको सेयर विक्री गर्न लागेको हो । राष्ट्र बैंकले तोके अनुसारको पूँजी पर्याप्तता कोष पुर्याउनको लागि सेयर विक्रीको तयारी गरिएको हो । नेपाल बैंकसँग राष्ट्रिय बीमा संस्थान, राष्ट्रिय बीमा कम्पनी, नागरिक लगानी [&hellip;]</p>

१४ असार । नेपाल बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको विभिन्न कम्पनीको सेयर विक्री गर्ने तयारी थालेको छ । बैंकले साढे २ अर्ब रुपैयाँभन्दा बढीको सेयर विक्री गर्न लागेको हो ।

राष्ट्र बैंकले तोके अनुसारको पूँजी पर्याप्तता कोष पुर्याउनको लागि सेयर विक्रीको तयारी गरिएको हो । नेपाल बैंकसँग राष्ट्रिय बीमा संस्थान, राष्ट्रिय बीमा कम्पनी, नागरिक लगानी कोष, साना किसान विकास बैंक, नेपाल इन्स्योरेन्स कम्पनी जस्ता बजारमा तत्काल विक्री हुन सक्ने र बजार मूल्य उच्च भएका कम्पनीका १३ लाख २९ हजार भन्दा बढी कित्ता सेयर छ । यो सेयरको विक्रीवाट बैंकले साढे २ अर्ब रुपैयाँ भन्दा बढी रकम प्राप्त गर्न सक्छ ।

कहाँ–कहाँको सेयर बेच्न सक्छ नेपाल बैंकले ?

bikashnews.com

bikashnews.com

नेपाल बैंकले अहिलेसम्म २१ विभिन्न संस्थामा सेयर लगानी गरेको छ । ठूलो संख्यामा रहेका यस्ता सेयर बैंकले बिक्री गर्ने निर्णय गरेमा नेपालको पूजी बजारमै हलचल आउने छ ।

नेपाल बैंकसँग राष्ट्रिय बीमा संस्थानको २ लाख ५१ हजार ९ सय १० कित्ता साधारण सेयर छ । संस्थान जीबन र निर्जीबन बीमा कम्पनीमा टुक्रदा संस्थान तर्फ बैंकको १ लाख १५ हजार ५ सय किक्ता र राष्ट्रिय बीमा कम्पनीमा १ लाख ३६ हजार ४ सय १० कित्ता सेयर रहेको छ । संस्थानको सेयरको प्रतिसेयर ५ हजार ८ सय रुपैयाँभन्दा बढी बजार मूल्य रहेको संस्थानको सेयर विक्री गरेर बैंकले आफूलाई चाहिने रकमको जोहो गर्न सक्छ ।

बैंकले सहजै बिक्री गर्न सक्ने अर्काे सेयर नागरिक लगानी कोषको हो । कोषमा बैंकको २ लाख ६६ हजार ६ सय २७ कित्ता साधारण सेयर छ । बजार मूल्य प्रतिसेयर ३ हजार ३ सयभन्दा माथि रहेको कोषको सेयर पनि सहजै विक्री हुन सक्ने देखिन्छ ।

बैंकले साना किसान विकाल बैंक १ लाख ३९ हजार ६ सय २९ कित्ता साधारण सेयर खरिद गरेको छ । साना किसान विकास बैंकको सेयर प्रतिकित्ता १ हजार ३ सय रुपैयाँभन्दा माथि छ । नेपाल बैंकले साना विकास विकास बैंकको सेयर विक्री गर्न चाहे त्यो पनि सजिलै विक्री हुन सक्ने अवस्था छ ।

बैंकले सहजै बिक्री गर्न सक्ने आफ्नो स्वामित्वमा रहेको सेयर नेपाल इन्स्योरेन्स कम्पनीको पनि हो । सो कम्पनीको ६ लाख ७१ हजार १ सय ४० कित्ता साधारण सेयर नेपाल बैंकको छ । बजार मूल्य प्रतिकित्ता ६ सय रुपैयाँभन्दा माथि रहेको नेपाल इन्स्योरेन्सको सेयर पनि तत्कालै विक्री हुन सक्ने सेयर हो ।

पूँजी पर्याप्तता कोष राष्ट्र बैंकले तोके अनुसार पु¥याउनको लागि सबै विकल्पमा छलफल भएको बैंकका एक संचालकले जानकारी दिए । तत्काल रकम उठ्ने र खास मेहनत पनि गर्नुनपर्ने भएकोले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्ने तयारीमा बैंक संचालक समिति पुगेको हो ।

‘पूजी कोष पु¥याउनकै लागि सेयर नै विक्री गर्नुपर्छ भन्ने छैन,’ ती संचालकले भने– ‘आगामी आर्थिक वर्षको सुरुदेखि नै केन्द्रीय बैंकले तोकेका मापदण्ड पूरा गर्ने हाम्रो लक्ष्य भएकोले तत्काल रकम आउने सहज बाटो सेयर बिक्री नै हो कि भन्ने लाइनमा छलफल चलेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको मापदण्ड अनुसार ‘क’ बर्गका बाणिज्य बैंकहरुको पूजी पर्याप्तता कोष कम्तिमा पनि १० प्रतिशत हुनै पर्छ । यस्तै आफूले कमाएको नाफावाट सेयरधनीलाई प्रतिफल बाड्नको लागि ११ प्रतिशतभन्दा बढी पूजी पर्याप्तता कोष हुनु पर्छ ।

अहिले बैंकको पूजी पर्याप्तता कोष ४ दशमलब ५८ प्रतिशत छ । यस्तो कोष १० प्रतिशत पु¥याउनको लागि ३ अर्ब रुपैयाँ थप लगानी गर्नुपर्ने हुन्छ । यस्तै बैंकले कमाएको नाफावाट सेयरधनीलाई प्रतिफल बाड्नको लागि यस्तो कोष कम्तिमा पनि ११ प्रतिशत पुग्नै पर्ने हुन्छ । नाफा पनि वितरण गर्ने गरी योजना बनाउने हो भने बैंकले ३ अर्ब रुपैयाँभन्दा बढी लगानी तत्काल गर्नुपर्ने हुन्छ ।

अन्य केके छन् विकल्प बैंकसँग ?

बैंकले आफ्नो पूजी पर्याप्तता कोष मापदण्ड अनुसार बनाउनको लागि विभिन्न विकल्प प्रयोग गर्न सक्छ । पहिलो र सजिलो विकल्पको रुपमा सेयर बिक्रीलाई नै लिइएको छ । यस्तै दोस्रो विकल्पको रुपमा बैंकले आफूसँग रहेको घरजग्गा बिक्री गर्न पनि सक्छ । तर गत बर्षपनि घर जग्गा विक्रीको प्रयास गरिएको भएपनि अपेक्षा अनुसार जग्गा विक्री नभएपछि पूजीकोष पु¥याउने बैंकको योजना सफल भएको थिएन ।

बैंकसँग करिब २ अर्ब रुपैयाँ बराबरको जग्गा रहेको छ । यसमध्ये करिब ९६ करोड रुपैयाँ बराबरको जग्गा विक्री भएको छ । बैंकको पूजी पर्याप्तता कोष १० प्रतिशत पु¥याउनको लागि ३ अर्ब रुपैयाँ थप लगानी गर्नुपर्ने छ । बैंकको स्वामित्वमा रहेको सवै जग्गा तत्कालै विक्री भएपनि जग्गा विक्रीवाट अब १ अर्ब रुपैयाँको हाराहारीमा मात्रै रकम आउने छ । अहिले बैंकको पूजी ६ अर्ब ४६ करोड रुपैयाँ छ भने पूजी पर्याप्तता कोष जम्मा ४ दशमलब ५८ प्रतिशत मात्रै छ ।

पूजीकोष पु¥याउनको लागि बैंकको अर्काे विकल्प हकप्रद सेयर जारी गरेर सेयरधनीवाट रकम उठाउने वा डिभेन्चर जारी गर्ने हो । हकप्रद तत्काल जारी गर्नेभन्दा पनि अन्य विकल्पका बारेमा छलफल भएको संचालकको भनाइ छ । डिभेन्चर जारी गर्ने विकल्पको बारेमा खासै कुरा अगाडि नबढेको ती संचालकले जानकारी दिए ।

Share News