सिटिजन लाइफ इन्स्योरेन्सका सदस्यहरु विभिन्न विधामा सम्मानित

<p>काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सेल्स टिमका सदस्यहरुलाई विभिन्न विधाहरुमा उत्कृष्ट प्रदर्शनको लागि पुरस्कृत गरेको छ । इन्स्योरेन्सले होटेल याक एण्ड यतीमा ‘सिटिजन लाइफ बिजनेस अवार्डस नाइट’ कार्यक्रम आयोजना गरि आफ्ना देशभरका उत्कृष्ट शाखा र आफ्ना सेल्स टिमका सदस्यहरुलाई सम्मानित गरेको हो । कार्यक्रममा बैंकले उत्कृष्ट पाँच शाखाहरू, उत्कृष्ट एजेन्टहरू, उत्कृष्ट एजेन्सी मेनेजरहरु, उत्कृष्ट [&hellip;]</p>

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सेल्स टिमका सदस्यहरुलाई विभिन्न विधाहरुमा उत्कृष्ट प्रदर्शनको लागि पुरस्कृत गरेको छ । इन्स्योरेन्सले होटेल याक एण्ड यतीमा ‘सिटिजन लाइफ बिजनेस अवार्डस नाइट’ कार्यक्रम आयोजना गरि आफ्ना देशभरका उत्कृष्ट शाखा र आफ्ना सेल्स टिमका सदस्यहरुलाई सम्मानित गरेको हो ।

कार्यक्रममा बैंकले उत्कृष्ट पाँच शाखाहरू, उत्कृष्ट एजेन्टहरू, उत्कृष्ट एजेन्सी मेनेजरहरु, उत्कृष्ट युनिट मेनेजरहरु साथै कम्पनीका विभिन्न क्लबहरुका सदस्यहरुलाई पुरस्कृत गरेको छ ।

कार्यक्रममा कम्पनीका ब्राण्ड एम्बास्डर हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ तथा कम्पनीका अध्यक्ष प्रदिपजङ पाण्डे उपस्थित थिए ।

Share News