बजारमा सबैभन्दा बढी इन्भेष्टमेन्ट बैंकको प्रमोटर सेयर बिक्री, यी हुन् कमाउने १० कम्पनीहरु

<p>काठमाडौं । मंगलबारको बजारमा सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमोटर सेयर बिक्री भएका छन् । एकैदिन बैंकको १० करोड १७ लाख १५ हजार रुपैयाँ बराबरको प्रमोटर सेयर किनबेच भएका छन् । कुल १७२ कम्पनीको कारोबार भएको दिनभरको बजारमा ५२ करोड १९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १७ लाख ५५ हजार [&hellip;]</p>

काठमाडौं । मंगलबारको बजारमा सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमोटर सेयर बिक्री भएका छन् । एकैदिन बैंकको १० करोड १७ लाख १५ हजार रुपैयाँ बराबरको प्रमोटर सेयर किनबेच भएका छन् । कुल १७२ कम्पनीको कारोबार भएको दिनभरको बजारमा ५२ करोड १९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १७ लाख ५५ हजार कित्ता सेयर किनबेच भएका छन् ।

मंगलबारको सेयर बजार सामान्य अंकले बढेको छ । सो दिनको परिसूचक ३.९८ अंकले बढेर १२१०.२४ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.३३ प्रतिशतले बढेको हो ।

सामान्य अंकले बढेको सेयर बजारमा काबेली विकास बैंकका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । बैंकका लगानीकर्ताले एकैदिन ९.२६ प्रतिशत बढी कमाएका छन् । मंगलबार यस बैंकको सेयर मूल्य प्रतिकित्ता २३७ रुपैयाँ रहेको छ । यस विकास बैंकले लगानीकर्तालाई ३५ प्रतिशत बोनस दिने भएको छ ।

मंगलबार कमाउने १० उत्कृष्ट कम्पनीहरु

त्यसैगरी एभरेष्ट बैंकका लगानीकर्ताले ७.९३ प्रतिशत कमाएका छन् । सो दिन यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६२६ रुपैयाँ रहेको छ । साथै, एनआईसी एशिया, लक्ष्मी र सिभिल बैंकको सेयर मूल्य ४ प्रतिशतले बढेको छ । उता सबैभन्दा बढी अरुण काबेली पावरका लगानीकर्ताले सोमबारको तुलनामा ३.९८ प्रतिशत गुमाएका छन् ।

बजारमा सबैभन्दा बढी होटल समूहको परिसूचक १६ अंकले बढेको छ । त्यस्तै, बैंकिङ्, विकास बैंक, फाइनान्स, निर्जीवन बीमा र अन्य समूह सामान्य अंकले उकालो लागेका छन् भने जलविद्युत्, उत्पादनमूलक, माइक्रोफाइनान्स र जीवन बीमा समूह सामान्य अंकले ओरालो लागेका छन् ।

Share News