कम्पनी रजिष्ट्रारको कार्यालयमा सीआईबीको छापा, २ उप-रजिस्ट्रार पक्राउ

<p>काठमाडौं । कम्पनी रजिष्ट्रार कार्यालयमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो(सीआईबी)ले छापा मारेको छ । शंकर इलेक्ट्रोनिक्स प्रालीको सेयर ट्रान्सफर प्रकरणमा अनियमितता भएको आरोपमा सीआईबीले २ जना उप-रजिष्ट्रारलाई पक्राउ गरेको पुष्टि गरेको हो । आइतबार छापा मारेर उप-रजिष्ट्रारद्धय धर्मराज रोकाया र गंगाधर पौडेललाई पक्राउ गरेको  सीआईबीका प्रवक्ता सानुराम भट्टराईले पुष्टि गरे । उनले यो प्रकरणमा अन्य केहि कर्मचारी [&hellip;]</p>

काठमाडौं । कम्पनी रजिष्ट्रार कार्यालयमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो(सीआईबी)ले छापा मारेको छ । शंकर इलेक्ट्रोनिक्स प्रालीको सेयर ट्रान्सफर प्रकरणमा अनियमितता भएको आरोपमा सीआईबीले २ जना उप-रजिष्ट्रारलाई पक्राउ गरेको पुष्टि गरेको हो ।

आइतबार छापा मारेर उप-रजिष्ट्रारद्धय धर्मराज रोकाया र गंगाधर पौडेललाई पक्राउ गरेको  सीआईबीका प्रवक्ता सानुराम भट्टराईले पुष्टि गरे । उनले यो प्रकरणमा अन्य केहि कर्मचारी तथा व्यक्तिलाई समेत पक्राउ गर्ने तयारी भैरहेको जानकारी दिए ।

रजिष्ट्रार कार्यालय श्रोतका अनुसार शंकर इलेक्ट्रोनिक्स कम्पनीको २५ लाख  रूपैयाँकाे सेयर ट्रान्सफर गर्ने कार्यमा कीर्ते भएको पाइएपछि सीआईबीले छापा मारेर पक्राउ गरेको हो । हङकङमा रहेका सेयरधनीलाई पत्तै नदिई नक्कली कागजपत्र निर्माण गरी सेयर ट्रान्सफर गरेपछि सीआईबीले छापा मारेको हो ।

२ जना उप-रजिष्ट्रार पक्राउ परेपछि कम्पनी रजिष्ट्रारको कार्यालयमा खैलाबैला मच्चिएको छ । रजिष्ट्रारका भुवन हरी अर्यालले २ जना उप-रजिष्ट्रार कार्यालय नआएको स्वीकार गरे । तर सीआईबीले छापा मारेको बारेमा भने उनले केहि बताउन चाहेनन् । उनी मोबाइल स्वीच अफ गरेर बसेका छन् ।

उप-रजिष्ट्रारद्धय रोकाय र पौडेलको कार्यकक्षमा ३ दिनदेखि ताला लागेको छ । १० करोड मुल्याङकन सम्मकोे फाइल हेर्ने उप-रजिष्ट्रार नहुँदा सेवाग्राही भने समस्यामा परेका छन् ।

Share News